सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित लगाम डाँडा मोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान करिब १०ः३० बजे कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल पुर्‍याइएको छ। घाइतेमध्ये अछामको विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमिल्सिनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको छ।

दुर्घटनामा अछामकी २७ वर्षीया जीवनकला बयक, कैलालीका तीन वर्षीय समिर बादी, दैलेखका ४१ वर्षीय बिर्ख टमटा र २० वर्षीया शारदा टमटा घाइते भएका छन्। त्यस्तै, अछामका १५ वर्षीय निरज भण्डारी र ३५ वर्षीय धिराज विक तथा कैलालीका २० वर्षीय गोपाल बोगटी र २० वर्षीया शान्ति भण्डारी पनि घाइते भएका छन्।

प्रहरीका अनुसार गाडीमा सवार अन्य १० जना यात्रु सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरेर गन्तव्यतर्फ पठाइएको छ।

दुर्घटनापछि गाडी चालक अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाही फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com