काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट झापामा एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । जिल्लाकाे बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो ।
प्रातकालीन पदयात्रामा रहेको अवस्थामा उनीहरुलाई बिरिङ खोला नजिक दुईवटा जङ्गली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार घाइते खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने राजबंशीको उपचारको क्रममा विर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति: ५ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया