कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध फेनारगनका १५२ एम्पुलसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय रमेश दमाइ रहेका छन्।

सशस्त्र प्रहरी बलका अनुसार दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका युवकलाई शङ्का लागेपछि जाँच गरिएको थियो। सो क्रममा उनको हाते झोलाबाट फेनारगनका १५२ एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिएको पाँच सदस्यीय टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका युवकलाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनी पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com