काठमाडौं । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका–२, भूमेकाथानमा गए राति लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोरा रहेका छन्। छोराको नाम भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया