काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन्। उनी श्रीमती निकिता पौडेलसहित धनगढी हुँदै भारततर्फ लागेका हुन्।

सभापति लामिछानेको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै उनी आजैदेखि तीन दिनका लागि भारत भ्रमणमा निस्किएको जानकारी दिएको छ।

तीन दिने आध्यात्मिक भ्रमणका क्रममा लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित प्रसिद्ध कैँची धाम तथा आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।

पारिवारिक तथा आध्यात्मिक भ्रमण सम्पन्न गरी उनी तीन दिनपछि स्वदेश फर्किने सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com