काठमाडौं । बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो ।

कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ३० वर्षभन्दा मुनिका खेलाडीहरुमा नवीन विष्ट प्रथम, अनिल दर्जी दोस्रो, अर्जुन ढोली तेस्रो भएका थिए भने, ३० वर्षभन्दा माथिका खेलाडीहरुमा पहरे दर्जी प्रथम, बीरेन्द्र बोहरा दोस्रो र प्रकाश दर्जी तेस्रो स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक विन्दमान लामिछानेले बताए । उनका अनुसार खेलमा उत्कृष्ट खेलाडीमा नवीन विष्ट घोषित भएका थिए ।

ओभरअल च्याम्पियनमा ५५ वर्षीया पहरे दर्जी भएको संयोजक लामिछानेले बताए । उनले दर्जीको उपलब्धिले सबै खेलाडी तथा युवाहरूलाई प्रेरणा दिएको बताए ।

यो खेल प्रतियोगिता केवल जित र हारमा सीमित नभई युवालाई खेलप्रति आकर्षित गर्ने, दुव्र्यसनमुक्त समाज निर्माण गर्ने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको महत्वपूर्ण उपलब्धि बनेको रहेको संयोजक छामिछानेले जानकारी दिए ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com