काठमाडौं । वेब प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइटसहित केही सेवा अस्थायी रूपमा बन्द गरेको छ।

राष्ट्र बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै पीएचपी प्रविधिमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम देखिएकाले वेबसाइटलगायत केही सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो।

सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अन्य सरकारी कार्यालयका केही वेबसाइटसमेत बन्द गरिएको जनाइएको छ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com