काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलालाई लक्षित गरी बम विस्फोट गराउने धम्कीपूर्ण इमेल प्राप्त भएको छ।
मुम्बई प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रको एउटा विद्यालयमा उक्त इमेल प्राप्त भएको थियो। इमेलमा बच्चनको बंगला लक्षित गरिएको उल्लेख भए पनि उनको ‘जलसा’ वा ‘प्रतीक्षा’मध्ये कुन घरलाई निशाना बनाइएको हो भन्ने स्पष्ट भएको छैन।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। यसअघि मुम्बई महानगरपालिकाको कार्यालयमा पनि धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा जाँच गरिएको थियो। जाँचका क्रममा कुनै शङ्कास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
यसअघि मार्च २० मा मुम्बई प्रेस क्लबमा पनि बम विस्फोटको धम्कीपूर्ण इमेल आएको थियो। उक्त इमेलमा विषाक्त ग्यास भएका ४२ वटा उपकरण राखिएको र दिउँसो १ बजे विस्फोट हुने दाबी गरिएको थियो। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया