काठमाडौं । साउदी अरबमाथि हुथी विद्रोहीहरूको आक्रमणका बीच कच्चा तेलको मूल्य आफ्नो उच्च विन्दु ११३.७५ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ।

शुक्रबार ब्रेन्ट क्रुड आयल ०.५ प्रतिशतले बढेर ११३.७५ डलर प्रतिब्यारेल पुगेको छ। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड आयलको मूल्य ०.७ प्रतिशतले वृद्धि भई १००.१३ डलर प्रतिब्यारेल पुगेको छ।

सन् २०२६ मे ४ पछि पहिलो पटक ब्रेन्ट क्रुड आयलमा यति ठूलो वृद्धि देखिएको हो।

रोयटर्सको रिपोर्टअनुसार साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले हुथी विद्रोहीहरूको आक्रमणलाई ध्यानमा राख्दै धहरान सहरस्थित आफ्नो मुख्यालय खाली गर्न यसअघि नै आदेश दिइसकेको छ।

वित्तीय संस्था आईएनजीका विज्ञहरूले एक नोट जारी गर्दै पुनः तनाव बढ्ने सम्भावनालाई लिएर तेल तथा ग्यास बजार अत्यन्तै चिन्तित रहेको बताएका छन्, किनकि यस्तो स्थितिले तेल आपूर्तिलाई अझ बढी प्रभावित पार्न सक्छ।

अर्कातर्फ, लिबियाको हमादा र तिहारा तेल क्षेत्रबाट जाविया बन्दरगाहसम्म जाने तेल पाइपलाइनको एक भल्भसमेत बन्द गरिएको छ, जसका कारण उत्पादन घटेको छ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com