काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

लामिछानेको धार्मिक यात्रालाई लक्षित गर्दै थापाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्। उनले पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि ‘कैंचीदेव’ को तीर्थाटन र आशीर्वाद लिन नयाँ जुक्ति अपनाएको भन्दै व्यङ्ग्य गरेका छन्।

‘आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीदेव तीर्थाटन–आशीर्वाद लिई डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको हो?’ थापाले लेखेका छन्।

रवि आफ्नी श्रीमती निकिता पौडेलसहित तीनदिने भारत भ्रमणमा छन्। उनी शुक्रबार भारत प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा उनीहरू भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ। उनीहरू धनगढी हुँदै भारत गएका हुन्।

लामिछानेले आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत भ्रमणमा आएको बताएका थिए। सोही भ्रमणलाई लिएर एमाले नेता थापाले व्यङ्ग्य गरेका हुन्।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com