काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको तस्बिर सार्वजनिक गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्नेभन्दा पनि परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।
सामाजिक सञ्जालमा प्रचण्डसँगको तस्बिर राख्दै उनले आफ्नो सामर्थ्य प्रमाणित गर्न वा आफूले गरेका निर्णयको औचित्य पुष्टि गर्न हतार नगर्ने उल्लेख गरेकी हुन्।
आफ्नो धैर्य, मौनता र शिष्टतालाई कमजोरीका रूपमा नबुझ्न चेतावनी दिँदै श्रेष्ठले समयक्रममा आफ्नो क्षमता स्पष्ट हुने बताएकी छन्।
‘म आफ्नो सामर्थ्य प्रमाणित गर्न हतार गर्दिनँ, न त आफ्नो निर्णयको औचित्य पुष्टि गर्न सबैलाई स्पष्टीकरण दिन्छु। मेरो धैर्यलाई सहमति, मौनतालाई कमजोरी र शिष्टतालाई विवशता ठान्नेहरूले समयसँगै बुझ्नेछन्– म परिस्थितिअनुसार चल्ने होइन, परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु,’ उनले लेखेकी छन्।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया