काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि दृढ रहेको बताएका छन्।

पार्टीले आजदेखि सुरु गरेको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितमाथि आघात पुर्‍याउने कुनै पनि गतिविधि भए पार्टीले त्यसको प्रतिवाद गर्ने बताए।

‘हाम्रो पार्टी राष्ट्रियताप्रति प्रतिबद्ध छ। राष्ट्रिय हितमाथि कुनै किसिमले आघात पुर्‍याउने वा राष्ट्रिय स्वाभिमानमा आँच आउने काम हुन्छ भने हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ उनले भने।

राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको महत्त्वबारे जनतालाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनले स्पष्ट पारे। यस अभियानमार्फत राष्ट्रियताको मुद्दालाई उच्च प्राथमिकतामा राखेर जनचेतना र जागरण फैलाइने उनको भनाइ थियो।

‘यो सन्देश दिन, जनतामा चेतना जगाउन र जागरण पैदा गर्न राष्ट्रियताको मुद्दालाई सबैभन्दा उच्च महत्त्व दिएर यो अभियान सञ्चालन गर्न गइरहेका छौँ,’ नेपालले भने।

काम गर्ने क्रममा कहिलेकाहीँ कमीकमजोरी हुन सक्ने उल्लेख गर्दै उनले त्यस्ता विषयलाई लिएर अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको पनि बताए।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com