काठमाडौं । तमिलनाडुमा अभिनेता विजयको राजनीतिक सफलतापछि अर्का चर्चित अभिनेता धनुष पनि राजनीतिमा प्रवेश गर्ने चर्चा चुलिएको छ। यद्यपि, धनुष वा उनको टोलीले यसबारे औपचारिक घोषणा गरेका छैनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार विजय नेतृत्वको तमिलगा वेत्री कझगमले धनुषलाई स्वागत गर्ने बताएको छ। त्यस्तै, एआईएडीएमकेले पनि उनलाई पार्टीमा उच्च पद दिने प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ। तर, त्यसका लागि उनले पार्टी नेता एडप्पाडी के. पलानीस्वामीलाई आफ्नो नेता स्वीकार गर्नुपर्ने सर्त राखिएको बताइएको छ।

गत जुलाईमा समर्थकहरूलाई सम्बोधन गर्दै धनुषले आफ्ना प्रशंसक समूहलाई चलचित्रमा मात्रै सीमित नरही सामाजिक कल्याणका काममा पनि केन्द्रित हुन आग्रह गरेका थिए। त्यसपछि उनको राजनीतिक प्रवेशबारे चर्चा बढेको हो।

हालै कोयम्बटूरमा आयोजित एक कार्यक्रममा धनुषको प्रशंसक संघको नाम परिवर्तन गरी ‘धनुष नरपानी इयक्कम’ राखिएको थियो। उक्त कार्यक्रममा करिब तीन हजार मानिस सहभागी भएको समाचारमा उल्लेख छ।

धनुषले नयाँ राजनीतिक दल दर्ता गरेको चर्चा पनि चलेको थियो। तर, डेक्कन हेराल्डको समाचारअनुसार उनीनिकट स्रोतले यसलाई अस्वीकार गरेको छ।

अभिनयसँगै चलचित्र निर्माणमा सक्रिय धनुषको राजनीतिक प्रवेशबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक भएको छैन।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com