काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभरका परम्परागत मौसम मापन केन्द्रलाई चरणबद्ध रूपमा स्वचालित बनाउने भएको छ। मौसमसम्बन्धी तथ्याङ्कको गुणस्तर र निरन्तरता बढाउन थप ६ वटा रेडियोसोन्डे केन्द्रसमेत स्थापना गरिने भएको छ।
विभागको श्वेतपत्र मस्यौदामा माथिल्लो वायुमण्डलको मौसम मापनका लागि नयाँ केन्द्र स्थापना गर्ने योजना उल्लेख छ।
विभागले कृषि, पर्यटन, जलस्रोत, सडक निर्माण, हवाई उड्डयन र ऊर्जा क्षेत्रलाई लक्षित गरी प्रदान गरिने विशिष्टीकृत मौसम तथा जलवायु सेवामा शुल्क लगाउने तयारी गरेको छ। व्यावसायिक प्रयोजनका लागि माग गरिने विशेष तथ्याङ्क र मौसम पूर्वानुमान सेवामा लागत असुली प्रणाली लागू गरिनेछ।
यद्यपि, सार्वजनिक सुरक्षा र अत्यावश्यक पूर्वसूचना सेवा भने सर्वसुलभ र निःशुल्क नै रहने विभागले स्पष्ट पारेको छ।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया