संखुवासभा । मकालु गाउँपालिका–४ निबारेमा आइतबार बिहान आगलागी हुँदा स्थानीय ललित राईको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
राईका अनुसार बिहान करिब ८ बजे चुलोमा खाना पकाउन छाडेर अलैँची टिप्न गएको समयमा घरमा अचानक आगलागी भएको थियो।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, खाद्यान्नलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। घटनामा करिब ४० देखि ४५ लाख रुपैयाँ बराबरको क्षति भएको पीडित राईले बताएका छन्।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया