काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते अपराह्न २ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजना हुने जनाएको छ।
समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्धारित समयमा समारोहमा उपस्थित हुन अनुरोध गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालले हस्ताक्षर गरेको सूचनामार्फत कार्यक्रमबारे जानकारी गराइएको हो।
नवनिर्वाचित सभापति गगनकुमार थापाले भने यसअघि असोज ३१ गते नै शपथ लिइसकेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य, पुष्पा भुसाल र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया