काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार भारी गिरावट आएको सुनचाँदीको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको थियो।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया