काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शाहले बल हस्तान्तरण गर्ने कार्यक्रम छ ।
उद्घाटन खेलमा साँझ ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताको शुभकामनासमेत दिएका छन् ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया