काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पुरस्कार उपलब्ध नगराएको भन्दै सरकारको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपमा छनोट भएको नेपाली टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको उल्लेख गरेका छन्। तर, उक्त पुरस्कार खेलाडीले अझै प्राप्त नगरेको उनको दाबी छ।

बस्नेतले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई उद्धृत गर्दै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एसिया च्याम्पियनसहित उपमहादेशीय प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई पुरस्कार उपलब्ध गराएको बताएका छन्।

उनले अघिल्लो सरकारको आलोचना गर्दै खेलाडीको पक्षमा रहेको बताउने वर्तमान सरकारलाई पुरस्कार वितरणमा भएको ढिलाइबारे जवाफ दिनुपर्ने बताएका छन्।

‘हिजो केपी ओली सरकारलाई गाली गर्दै ‘खेलाडीको पक्षमा छु’ भन्ने नयाँ भनाउँदाहरूले आज यसको जवाफ दिनुपर्दैन?’ बस्नेतले प्रश्न गरेका छन्।

खेलाडीप्रति समर्थन जनाउने अभिव्यक्ति मात्रै पर्याप्त नहुने उनको भनाइ छ। खेलाडीले पाउनुपर्ने पुरस्कार, सेवा, सुविधा र सम्मान उपलब्ध गराउनु सरकारको दायित्व भएको उनले उल्लेख गरेका छन्।

‘खेलाडीको पक्षमा छु भन्ने ओठे भक्ति होइन, खेलाडीले पाउनुपर्ने पुरस्कार, सेवा, सुविधा र सम्मान उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com