काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन्। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ।

गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक पनि उद्घाटन खेलमै आमनेसामने भएका हुन्। दुवै टोली प्रतियोगिताको सुरुआत जितबाट गर्ने लक्ष्यमा छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com