काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।
ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो आएपछि निगमको एलपी ग्यास तथा एभिएसन विभागले उद्योगहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था अनिवार्य गर्न भनेको हो।
निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायले हस्ताक्षर गरेको पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन भनिएको छ।
निगमले यसअघि पनि २०८१ साउन ३० र माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरी बिक्रीमा बिलबिजक जारी गर्न निर्देशन दिएको स्मरण गराएको छ।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार











प्रतिक्रिया