काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला तीन हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले घटेर तीन हजार ९७० रुपैयाँमा झरेको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया