काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्।

दशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा सर्वसाधारणले उत्सवको उल्लासभन्दा महँगी, बजारको बेथिति र सरकारी उदासीनताको सामना गर्नुपरेको उनको टिप्पणी छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै केसीले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नेतृत्व परिवर्तनले नागरिकको दैनिक जीवनमा अपेक्षित र सार्थक परिवर्तन ल्याउन नसकेको बताएका छन्।

उनले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वका समयमा उपभोक्ताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजार नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।

केसीका अनुसार नाममात्रको बजार अनुगमन भइरहेको छ भने कालोबजारी गर्नेहरूलाई संरक्षण गरिएको जस्तो देखिने गरी अत्यधिक मूल्यवृद्धि भइरहेको छ। खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा मध्यमवर्गीय तथा विपन्न परिवारलाई चाडपर्व मनाउन थप आर्थिक भार परेको उनको भनाइ छ।

सरकारको बजार अनुगमन र मूल्य नियन्त्रणसम्बन्धी कामको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन र बजार व्यवस्थापनमा सुधार हुन नसकेको बताएका छन्।

चाडपर्वका बेला उपभोक्तालाई राहत दिने गरी महँगी नियन्त्रण, कालोबजारी रोकथाम र बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने उनको आशय छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com