काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको १० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया