काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन्।
गत असोज २२ गतेको निर्णयअनुसार उपरथीमा बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
यसैगरी, प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया