काठमाडौं । स्पेनमा बुधबार बिहान दुई रेल आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान ९ बजे भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा परेको ‘एभीई’ सेवाको रेलमा ३९७ जना र ‘आइरियो’ सेवाको अर्को रेलमा १४६ जना यात्रु सवार थिए।

दुर्घटनापछि घटनास्थलमा एम्बुलेन्स तथा आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ। घाइतेको उद्धार तथा उपचारका लागि टोलीहरू निरन्तर खटिइरहेका छन्।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com