काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:३० बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटिएको थियो। काठमाडौंले भने आज प्रतियोगितामा पहिलो खेल खेल्दैछ।

दोस्रो खेलमा जनकपुरलाई हराएको कर्णाली लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित विराटनगर पनि जितको लक्ष्यसहित मैदान उत्रिनेछ।

यसअघि बुधबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com