काठमाडौं  । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले यही कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनानुसार शुल्क निर्धारण गरेको हो ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ । नेपाल राजपत्रमा ०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क निर्धारण गरिएको हो ।

आयोजनाले सार्वजनिक गरेको शुल्कदरअनुसार काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीसाधनका निम्ति फरक–फरक दर तोकिएको छ ।

कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अरू हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र यहाँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका निम्ति काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

मल्टी एक्सल ट्रक तथा सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र यहाँबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।

आयोजनाले कात्तिक १५ देखि सडक उपभोग दस्तुर संकलन सुरु हुने जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com