काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि निराधार आरोप लगाएर उनको व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउन खोजिएको भन्दै चौतर्फी आलोचना भईरहेको छ। व्यक्तिगत रिसइबी र पूर्वाग्रहका आधारमा प्रहरी नेतृत्वलाई विवादमा तान्ने प्रयास गर्नु खेदजनक रहेको भन्दै आरोपको निष्पक्ष मूल्याङ्कन गर्नुपर्ने माग बढिरहेको छ।

प्रहरी संगठनको नेतृत्व गरिरहेका व्यक्तिको कार्यक्षमता, व्यावसायिकता र सार्वजनिक छविमाथि प्रश्न उठाउँदा त्यसलाई तथ्य र प्रमाणले पुष्टि गर्न सक्नुपर्ने आवाज पनि उठिरहेको छ। व्यक्तिगत असन्तुष्टि वा प्रतिशोधलाई आधार बनाएर आरोप लगाउने र त्यसलाई राजनीतिक विषयका रूपमा प्रस्तुत गर्न खोज्नु उचित नहुने भन्दै सरोकारवालाहरुले आवाज उठाइरहेका छन्।

कुनै पनि व्यक्तिमाथि लागेका आरोपको मूल्याङ्कन पूर्वाग्रह, भावनात्मक प्रतिक्रिया वा राजनीतिक स्वार्थका आधारमा नभई उपलब्ध तथ्य, प्रमाण र प्रचलित कानुनी प्रक्रियाका आधारमा गरिनुपर्नेमा जोड दिइएको छ। सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिमाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यस्ता प्रश्नको निरूपण निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्ने माग बढिरहेको छ।

त्यसैगरी, कानुनी शासनको सम्मान गर्दै सत्य र तथ्यलाई प्राथमिकता दिनुपर्ने तथा व्यक्तिगत प्रतिशोधका कारण संस्थागत प्रतिष्ठामाथि अनावश्यक विवाद सिर्जना गर्न नहुने प्रहरी संगठनका पुर्व कर्मचारीहरु बताउँछन्। आरोपको वास्तविकता प्रमाणका आधारमा परीक्षण नगरी निष्कर्षमा पुग्नु र त्यसलाई सार्वजनिक रूपमा प्रचार गर्नुले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा असर पार्न सक्ने भएकाले जिम्मेवार व्यवहार आवश्यक रहेको उनीहरुको भनाइ छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com