सल्यान । सल्यानको बागचौर नगरपालिका–१० मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
बिहीबार राति करिब १ः३० बजे रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको थियो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका–५, सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अटो चालक बागचौर नगरपालिका–१०, माथिल्लो मोखोलाका निर्मल कवर मगरलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया