आईजीपी कार्कीलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री बालेन

आईजीपी बन्न तेस्रो वरियताका एआईजी मनोज केसीको दौडधुप



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गर्ने मुडमा देखिएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहानै देखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् ।

बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन आज बिहीबार बिहानै कार्यालय पुगेका थिए । आजै मन्त्री परिषद् बैठक बसी प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने तयारी रहेको प्रधानमन्त्री कार्यालय निकट बिश्वस्त स्रोतले जनाएको छ।

आईजीपी सँगै एआईजी राजन अधिकारी पनि प्रधानमन्त्री शाहको निशानामा परेका छन्। आईजीपी दानबहादुर कार्कीलाई हटाएर दोस्रो बरियतामा रहेका एआईजी राजन अधिकारीलाई कारवाही गर्दा तेस्रो बरियतामा रहेका मनोज केसी स्वत: आईजीपी बन्ने भएकाले सो योजना अनुसार प्रहरी संगठनमा सरकारले आफू निकट एआईजी मनोज केसीलाई आईजीपी बनाउन चलखेल गरेको स्रोतको दाबी छ।

बुधबार प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबिच लामिछानेको निवास बुढानीलकण्ठमा सरकारका काम कारबाही र पार्टीका गतिविधिबारे लामो छलफल भएको थियो। जसमा प्रहरी आइजीपी दानबहादुर कार्की र खगेन्द्र सुनारमाथि उठेका प्रश्न लगायतका विषयमा गम्भीर छलफल भएको रास्वपा निकट स्रोतले जनाएको छ।

उता, प्रहरी महानिरीक्षक कार्कीले भने आजै दिउँसो उच्च प्रहरी अधिकारीलाई हेडक्वार्टर बोलाएका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com