काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले तत्काल पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन्।

सार्वजनिक लेखा समितिअन्तर्गत निर्वाचन प्रहरी पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ओलीले उपसमितिको प्रतिवेदन आउनुअघि सरकारले हस्तक्षेप नगर्ने बताएकी हुन्।

उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको दाबी गर्दै बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार बसेको स्पष्ट पारिन्।

ओलीका अनुसार अध्ययन उपसमिति प्रारम्भिक चरणमा छ। दसैँका कारण अध्ययनले अपेक्षित गति लिन नसके पनि सदस्यहरूले व्यक्तिगत रूपमा अनुसन्धान जारी राखेका छन्।

उनले अध्ययन पूरा हुनुअघि नै कसैलाई दोषी ठहर गर्नु वा उन्मुक्ति दिनु न्यायोचित नहुने बताइन्। उपसमितिले कुनै व्यक्ति वा पक्षप्रति पूर्वाग्रह नराखी तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने उनको भनाइ छ।

निर्वाचन प्रहरी पोसाक खरिदसम्बन्धी विषयमा सञ्चारमाध्यममा आएका समाचारकै आधारमा निष्कर्षमा पुग्न नहुने उल्लेख गर्दै ओलीले आधिकारिक प्रतिवेदन आएपछि मात्रै थप टिप्पणी गर्न सकिने बताइन्।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com