काठमाडौं । नेपाली सेनाको भावी नेतृत्वको रोलक्रममा रहेका उपरथी अनुपजंग थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्। प्रस्तावित बढुवा कार्यान्वयन भए उनी प्रधानसेनापति अशोक राज सिग्देलपछि सेनाको नेतृत्व सम्हाल्ने क्रमको अग्रस्थानमा रहनेछन्।
रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा सिफारिस बोर्डको बैठकले थापाको नाम रथीमा बढुवाका लागि सिफारिस गरेको हो। रथी गणेश श्रेष्ठले आगामी मङ्सिर ७ गते अनिवार्य अवकाश पाएपछि रिक्त हुने पदमा थापालाई सिफारिस गरिएको हो।
बढुवा सिफारिसप्रति कुनै चित्त नबुझे उजुरी दिन सकिने व्यवस्था गर्दै बोर्डले सात दिनको समयसीमासहित सूचना जारी गरेको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया