काठमाडौं । इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको नाम र उनीहरूसँगको सम्पर्कबारे सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा छलफल भएको छ ।

शुक्रबार बसेको बैठकमा सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको तथा न्यायाधीश हरि फुयालले उनीसँग भेट गरेको विषयमा अन्य न्यायाधीशहरूले जिज्ञासा राखेका थिए ।

बैठकमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले पनि आफ्नो धारणा राखेका थिए । घटनासम्बन्धी विवरण सार्वजनिक भइसकेकाले त्यसको सत्यतथ्य अध्ययन गर्न न्यायपालिकाभित्रै समिति गठन गर्नुपर्ने सुझावसमेत न्यायाधीशहरूले दिएका थिए ।

यद्यपि, सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विदेश भ्रमणमा रहेको र न्यायाधीश अब्दुल अजीज मुसलमान बिदामा रहेकाले विस्तृत छलफल हुन सकेन ।

एक न्यायाधीशका अनुसार सबै न्यायाधीश उपस्थित हुने गरी सोमबार पुनः फूलकोर्ट बैठक बोलाउने सहमति भएको छ ।

उनले भने, ‘सोमबार सबै उपस्थित भएपछि फूलकोर्ट डाक्ने र यसबारे विस्तृत छलफल गर्ने कुरा भएको छ ।’

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com