काठमाडौं । पत्रकारहरूमाथि प्रहरीले धरपकड थालेको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो।

प्रहरीले प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै विवरण सार्वजनिक गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार पक्राउ गरेको छ।

प्रहरीले आजै मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो । बराल अनामनगरबाट पक्राउ परेका हुन् ।

पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी परिचालन गरिएकाे छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयाँलको बिचमा कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो ।

दियो पोस्टका प्रधान सम्पादक सुदिप विश्वकर्मालाई पनि प्रहरीले खोजिरहेको बताइएको छ। प्रहरी टाेली दियाे पाेस्टकाे कार्यालयमा समेत पुगेकाे छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com