काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पत्रकारमाथि भएको धरपकडको घटनालाई लिएर सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्ने प्रश्न उठाएका छन्। उनले घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गर्नु र प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता अस्वीकार गर्नुले थप आशंका जन्माएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले पत्रकार पक्राउ प्रकरणमा सरकारका निकायबीच देखिएको फरक प्रतिक्रियाले घटनाको जिम्मेवारी र नियन्त्रणबारे गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन्।
उनले यसअघि प्रधानमन्त्री कार्यालयको संलग्नताबारे उठेका प्रश्न र त्यसको खण्डनपछि अब घटनाको शंका प्रहरीतर्फ सोझिएको टिप्पणी गरेका छन्। साथै, पत्रकारमाथि भएको धरपकडको वास्तविकता पत्ता लगाउन निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
‘ब्ल्याक एन्ड ह्वाइटमा भनिन्छ– पत्रकार धरपकड प्रकरणमा रास्वपाको खेद प्रकट र प्रधानमन्त्री कार्यालयको संलग्नता अस्वीकारोक्तिले सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्ने जटिल प्रश्न खडा भयो। अब शंका प्रहरीतिर सोझियो, छानबिन गर,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया