काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।
शनिबार साँझ ५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण ७ बजेर ४१ मिनेटका लागि तय थियो। तर सुदूरपश्चिमका कप्तान ऐरी टसका लागि नगएपछि ढिलाइ भएको हो।
लामो समयको छलफलपछि खेल सुरु गर्न सहमति जुटेको छ। अब खेल पाँच–पाँच ओभरको मात्र हुनेछ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार











प्रतिक्रिया