काठमाडौं । सरकारले भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन गरेको छ । जाडोयाम सुरु भएसँगै अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नयाँ समयतालिका कात्तिक १६ देखि माघ १५ गतेसम्म लागू हुनेछ । यो व्यवस्था सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ भने शैक्षिक संस्थामा भने लागू हुने छैन ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । नयाँ व्यवस्थासँगै कार्यालय समय दैनिक एक घण्टा घटेको छ ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया