काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अव्यवस्थाले मुलुक गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन् ।
उनले सत्तापक्ष र प्रतिपक्ष दुवैका दलमा बढ्दो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका महत्वपूर्ण निकायमा देखिएको अस्तव्यस्तता तथा अर्थतन्त्रको निरन्तर खस्किँदो अवस्थाले देशको परिस्थिति चिन्ताजनक बन्दै गएको उल्लेख गरेका छन् ।
भट्टराईले यस्तो अवस्थामा सबैलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्न र मुलुकको हितमा सकारात्मक योगदान गर्न आग्रह गरेका छन् । नकारात्मक गतिविधिमा संलग्न नहुनसमेत उनले सबैलाई सचेत गराएका छन् ।
‘सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले भनेका छन् ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया