काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा लेखेको चेतावनीपूर्ण स्टाटसले राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग पैदा गरेको छ।

प्रधानमन्त्री शाहले सामाजिक संजालमा लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई सरकारको आलोचना गर्नेहरू जो कोहिलाई तह लगाउने चेतावनीदेखि प्रहरी नेतृत्वमा फेरबदल, पत्रकारमाथि थप निगरानी र सरकारअनुकूल निर्णय नगर्ने न्यायाधीशविरुद्ध महाअभियोगसम्मका सम्भावित कदमसँग जोडेर व्याख्या गर्न थालिएको छ।

विशेषगरी सरकारको आलोचना गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने, आईजीपी दानबहादुर कार्कीलाई पदमुक्त गर्ने, पत्रकार तथा सञ्चारमाध्यममाथि थप निगरानी बढाउने र सरकारको अनुकूल काम नगर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनेसम्मको तयारीको आशयको रूपमा उक्त स्टाटसलाई हेरिएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com