काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत सचिव बस्नेतले राज्यसत्ताको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको प्रहारले देश बर्बाद हुन लागेको आरोप लगाएका हुन्।

नेता बस्नेतले रास्वपा सभापति लामिछानेलाई ‘जेठो’, प्रधानमन्त्री बालेन शाहलाई ‘माइलो’ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई ‘साइलो’ भन्दै लेखेका छन्, ‘जेठो भन्छ, १२ भाइ पत्रकारले देश डुबाए। साइलो भन्छ, २८ जनाभित्र नपर्ने के पत्रकार ? माइलो भन्छ, कुपण्डोल जाने पो पत्रकार, अरू त कलाकार।’

राज्यको प्रहरी प्रशासन दुरुपयोग गरेर आलोचनात्मक चेत राख्ने नागरिकमाथि धरपकड गरिएको भन्दै उनले आपत्ति जनाए। संस्थाहरूलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्ति हाबी भएको उनको दाबी छ।

सचिव बस्नेतले पत्रकारितालाई कसैको स्वार्थको चस्माबाट नभई स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको दृष्टिकोणबाट हेर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com