काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको मान्छे भन्दै बिचौलियाले देशका सबै क्षेत्र कब्जा गर्ने गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो आरोप लगाएका हुन्। उनले देशमा जनता सचेत बन्नुपर्ने आवश्यकता औंल्याउँदै श्रम संस्कृतिको सरकार बनेपछि बिचौलियालाई कुनै पनि गतिविधि गर्न नदिने चेतावनी दिए।

साम्पाङले भनेका छन्, ‘बिचौलियाले प्रधानमन्त्रीको मान्छे हुँ भन्दै सबै क्षेत्र कब्जा गर्छ ! यो देशमा अब जनता सचेत बन्नु पर्छ कि पर्दैन? श्रम संस्कृतिको सरकार आएको दिन बिचौलियाको बि… पनि उच्चारण गर्न दिइनेछैन। हर्क साम्पाङ जे बोल्छ त्यो गरिछाड्छ।’

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com