काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले इनम सापकोटाको शैक्षिक पृष्ठभूमि र उनको कार्यशैलीबारे टिप्पणी गरेका छन्।

पुनले भगवानले सापकोटालाई सुन्दर अनुहार र जीउडाल दिए पनि ठग बुद्धि किन दिएको होला भन्दै व्यंग्य गरेका छन्। उनले सापकोटाले कहाँ र कति पढेका छन् तथा ‘धूर्त विद्या’ कहाँ सिकेका हुन् भन्ने विषयमा इन्टरनेटमा खोजी गरेको बताएका छन्।

पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भगवानले इनम सापकोटालाई यति राम्रो सुन्दर अनुहार र जीउ ढाल बनाएर किन ठग बुद्धि दिए होलान्? मलाई निकै खुलदुली लागेर इनमले कहाँ कहाँ र कति कति पढेका रहेछन् र धुर्त विद्या कहाँ सिकेका रहेछन् भनेर इन्टरनेटमा खोजेको थिएँ। विदेशतिर पढेको केही प्रमाण भेटिएन।’

उनले सापकोटालाई ठगी गर्ने बुद्धि सिकाउने गुरु कोही छन् वा उनले आफैँ यस्तो बुद्धि सिकेका हुन् भन्ने विषयमा विज्ञहरूले अनुसन्धान गर्नुपर्ने भनाइ राखेका छन्।

पुनले लेखेका छन्, ‘बरु उनलाई ठग बुद्धि सिकाउने गुरु कोही छन् वा ठग बुद्धि उनी आफैँले सिकेका हुन् भनेर विज्ञहरूले अनुसन्धान गर्नुपर्ने देखियो।’

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com