काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारप्रति जनताको विश्वास कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।

महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले जनताले अहिलेको सरकारलाई ‘हुरीबतास’ मात्र भएको बुझ्न थालेको दाबी गरे।

वर्तमान सरकार लोकतान्त्रिक सरकारजस्तो लाग्छ कि लाग्दैन भन्ने पत्रकारको प्रश्नमा उनले आम जनताले यसको मूल्याङ्कन गरिरहेको बताए। बौद्धिक समुदायले सरकारको वास्तविकता बुझिसकेको उल्लेख गर्दै उनले गाउँगाउँका जनतामाझ पनि यो कुरा पुर्‍याउन बाँकी रहेको बताए।

‘हावामा भोट हालेको, हुरीबतास मात्रै रहेछ भन्ने कुरा उनीहरूले बुझिसकेका छन्। तर गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम हामीले गर्नुपर्छ,’ दाहालले भने।

पत्रकार पक्राउ प्रकरणबारे बोल्दै उनले पत्रकारको पक्षमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदै आएको बताए। प्रेस सेन्टरमार्फत सबैभन्दा पहिले विरोध वक्तव्य जारी गरेको र नेपाल पत्रकार महासंघले माइतीघर मण्डलमा गरेको प्रदर्शनमा पनि आफूहरूले पहल गरेको उनको दाबी छ।

विभिन्न दलबीच सरकार निर्माणका लागि सहकार्यको चर्चा भइरहेका बेला एमालेमा पुनः समाहित हुने सम्भावनाबारे सोधिएको प्रश्नमा दाहालले तत्कालै निष्कर्ष निकाल्न नसकिने बताएका छन्।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com