काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) लगायत विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायत विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com