काठमाडौं । इनम सापकोटासँगको भेटलाई लिएर विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने भएका छन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश फुयालले मंगलबारदेखि शुक्रबारसम्मका लागि बिदा लिएका छन् । शुक्रबारपछि तिहार बिदा सुरु हुने भएकाले उनी आगामी ३० कात्तिकमा मात्रै अदालतमा हाजिर हुनेछन् ।
उच्चपदस्थ अधिकारीहरूसँग साँठगाँठ मिलाउने प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग न्यायाधीश फुयालले होटल हिमालयमा भेट गरेको विवरण सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको थियो ।
विवरण सार्वजनिक भएपछि फुयालले सापकोटासँगको भेटका कारण आफूले सुनुवाइ गरिरहेका विचाराधीन मुद्दामा कुनै प्रभाव नपरेको भन्दै स्पष्टीकरण दिएका थिए ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया