काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराइजर्स हैदराबादकी प्रमुख कार्यकारी अधिकृत काव्या मारनको विवाह आगामी नोभेम्बर ११ मा हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको विवाह ग्रीसमा भव्य समारोहबीच सम्पन्न हुनेछ।

काव्या सन ग्रुपका अध्यक्ष कलानिधि मारनकी छोरी हुन्। उनको विवाह दक्षिण भारतीय सङ्गीतकार अनिरुद्ध रविचन्दरसँग हुन लागेको हो। अनिरुद्ध ‘कोलावेरी डी’ गीत तथा बलिउड चलचित्र ‘जवान’ को सङ्गीतका कारण चर्चित छन्।

विवाह समारोहमा भारतीय राजनीतिज्ञ, उद्योगपति, कलाकार र खेलाडीहरूको सहभागिता रहने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राज्यका मुख्यमन्त्रीलाई समेत निमन्त्रणा पठाइएको समाचारमा उल्लेख छ।

विवाहका लागि पठाइएका निमन्त्रणा कार्डमध्ये एउटाको लागत करिब २० हजार भारतीय रुपैयाँ रहेको दाबी गरिएको छ।

ग्रीसको प्राकृतिक सौन्दर्य र समुद्री तटलाई विवाहस्थलका रूपमा छनोट गरिएको जनाइएको छ। सन ग्रुपकी उत्तराधिकारी काव्या र स्थापित सङ्गीतकार अनिरुद्धको विवाहलाई भारतको व्यापार तथा मनोरञ्जन क्षेत्रको चर्चित समारोहका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com