काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ।
मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो।
एकता सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी अध्यक्ष उमा भुजेलले हस्ताक्षर गरेका छन्।
दुवै पार्टीबीच कात्तिक १७ गते एकता घोषणा गर्ने सहमति भएअनुसार मंगलबार औपचारिक रूपमा एकता घोषणा गरिएको हो।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया