काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छाेरा दिक्षान्त बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा दिक्षान्त बाँनिया प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिइएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी बाँनियालाई साेमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो।

पक्राउ परेका बाँनियालाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This