काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार साँझ करिब ६ बजेदेखि ७ बजेसम्म चलेको भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।
राजनीतिक वृत्तमा विभिन्न घटनाक्रम विकसित भइरहेका बेला दुई प्रमुख दलका शीर्ष नेताबीच भएको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार















प्रतिक्रिया